काठमाण्डु : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग सरकारमा सँगै भएपनि भइरहने असमझदारी सामान्य भएको बताएका छन् ।
भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको बताए ।
‘एमाले फरक दल हो, असमझदारी हुनु स्वभाविक हो, यो सामान्य हो’ देउवाले भने । तर उनले सरकार आपसी सहमति अनुसार नै अघि बढेको पनि बताए ।
सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही असमझदारीका कारण देखिएको भन्दै यसलाई अनौठो मान्न नहुने देउवाले बताए ।
कांग्रेसकै आग्रहमा सरकारले बजेटबाट टेक एन्ड पेको व्यवस्था हटाएको देउवाले स्पष्ट पारे ।
प्रतिक्रिया