कांग्रेस संस्थापनइतर समूहको महाधिवेशनमा कुन पदको उम्मेदवारी शुल्क कति ?

कांग्रेस संस्थापनइतर समूहको महाधिवेशनमा कुन पदको उम्मेदवारी शुल्क कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर समूहले गर्ने १५औँ महाधिवेशनमा उम्मेदवारी शुल्क निर्धारण गरिएको छ ।

पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गर्दै डा. शशांक कोइराला नेतृत्वको १५औँ महाधिवेशन आयोजक समिति अन्तर्गतको केन्द्रीय निर्वाचन समितिले विभिन्न तहका पदमा उम्मेदवारी दिन शुल्क निर्धारण गरेको छ ।

देउवा पक्षले जारी प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा आगामी महाधिवेशन संयुक्त रूपमा गर्नुपर्ने माग गर्दै छुट्टै कार्यतालिकासहित महाधिवेशनको तयारी थालेको छ ।

आयोजक समिति अन्तर्गतको केन्द्रीय निर्वाचन समितिले तयार पारेको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’मा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्मका विभिन्न पदमा उम्मेदवार बन्न शुल्क तोकिएको छ । आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित र संस्थागत गर्ने उद्देश्यले निर्देशिकामै उम्मेदवारी शुल्क निर्धारण गरिएको समितिले जनाएको छ ।

निर्देशिकाको अनुसूची २५ अनुसार वडा कार्यसमितिको सभापतिका लागि २५० रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि १५० रुपैयाँ तथा सदस्यका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

गाउँपालिका कार्यसमितिको सभापतिका लागि १ हजार रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि ५०० रुपैयाँ तथा सदस्यका लागि २५० रुपैयाँ शुल्क तोकिएको छ । नगरपालिका कार्यसमितिको सभापतिका लागि २ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ, सहसचिवका लागि १ हजार रुपैयाँ र सदस्यका लागि ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

महानगरपालिका र उपमहानगरपालिका कार्यसमितिको सभापतिका लागि २ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ । उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि २ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि १ हजार ५०० रुपैयाँ तथा सहसचिव र सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ३ हजार ५०० रुपैयाँ, उपसभापति र सचिवका लागि २ हजार ५०० रुपैयाँ, सहसचिवका लागि २ हजार रुपैयाँ तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

निर्देशिकाअनुसार प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५०० रुपैयाँ, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार रुपैयाँ, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५०० रुपैयाँ तथा केन्द्रीय महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

जिल्ला कार्यसमितिको सभापतिका लागि ५ हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ३ हजार ५०० रुपैयाँ, सहसचिवका लागि ३ हजार रुपैयाँ तथा सदस्यका लागि १ हजार ५०० रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ ।

प्रदेश कार्यसमितिको सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार रुपैयाँ तथा सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

केन्द्रीय कार्यसमितिको सभापतिका लागि ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क निर्धारण गरिएको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको निर्देशिकामा उल्लेख छ ।