स्थानीय निर्वाचन अभियानमा सहभागी हुन प्रधानमन्त्री देउवा नुवाकोटमा


काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  स्थानीय तहस्तरका कार्यक्रममा सहभागी हुन नुवाकोट पुगेका छन् । साेमबार नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले त्यहाँ दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले बताए । साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

देउवाको साथमा कांग्रेस नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो ३ बजेपछि काठमाण्डु फर्कने नेता केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement