भीम रावलप्रति देउवाको आक्रोश -एमसीसीको विरोध गर्न लाज लाग्दैन् ?


काठमाण्डु- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री रहेको समयमा एमसीसीको पक्षमा उभिएका एमाले नेता भीम रावलले अहिले विरोध गरिरहेको बताएका छन् ।

सोमवार नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको उद्घाटन गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवाले एमसीसीको विरोध गरिरहेका रावलमाथि आक्रोश पोखेका हुन् ।  प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा दुई जिब्रे कुरा गर्न नपाइने बताएका छन् । उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा दर्ता गरेको एमसीसी आफ्नो सरकारले पास गरेको दावी गरे ।

‘भीम रावल सबभन्दा बढी एमसीसीको खिलाफमा हुनुहुन्छ, त्यसबेला उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो । मन्त्री हुँदा आफैंले पास गर्ने, त्यसबेला किन राजीनामा गर्नुभएन ? भीम रावलले के हेरेर बसे त्यसबेला ? यस्ता दुई जिब्रे कुरा गर्न पाइन्छ ?, प्रधानमन्त्री देउवाले भने ।

त्यसैगरी ओली नेतृत्वको सरकारमा नेता रावल मन्त्री हुँदा एमसीसीको पक्षमा उभिएको पनि देउवाले बताए । आफू रक्षामन्त्री हुँदा संसदमा ल्याउने, मैले ओलीजीले ल्याएको प्रस्ताव ल्याउँदा भीम रावललाई किन टाउको दुख्ने ? । केपी ओलीको सरकारमा मन्त्री थिए उनी, त्यसबेला किन एमसीसीको विरोध गरेर राजीनामा गर्नुभएन ? अहिले आएर बोल्ने लाज छैन ?’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement