राष्ट्रपतिले सैनिक अधिकारीसँग छलफल गरेको भोलिपल्टै किन पुगे प्रधानमन्त्री देउवा आर्मी मुख्यालय ?


काठमाण्डु – नेपाली सेनाको चार कमाण्ड हेडक्वाटरले चुनाव केन्द्रित सुरक्षा रणनीतिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन् । बिहीबार सैनिक मुख्यालयमा पुगेका प्रधानमन्त्री देउवालाई उनीहरुले सेनाको पछिल्लो अवस्था र चुनाव केन्द्रित सुरक्षा रणनीतिबारे ब्रिफिङ हुन् ।

नागरिकता विधेयकको विषयमा राष्ट्रपति विद्यादेवी भण्डरीले सैनिक अधिकारीहरुसँग संबाद गरेको भोलिपल्टै प्रधानमन्त्री सैनिक मुख्यालय पुगेका हुन् । उक्त विधेयक सर्वत्र चर्चा भइरहेका बेला देउवाको यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

बुधबार शीतल निवासमा भएको संवादमा प्रधानसेनापति प्रभुराम शर्मासहित बहालवाला र अवकास प्राप्त सैनिक अधिकारीहरुको सहभागिता थियो । उनीहरुले राष्ट्रपतिसमक्ष सुरक्षा अवस्थाको ब्रिफिङ गर्नुको साथै नागरिकता विधेयकबारे पनि आफ्नो धारणा राखेका थिए ।

सहभागी अधिकांश सैनिक अधिकारीहरुले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको कदम सही भएको बताएका थिए । सैनिक अधिकारीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रलाई बचाएको भन्दै राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गरेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement