सरकार सेना र संवैधानिक निकाय कमजोर बनाउने षडयन्त्रमा लागेको कांग्रेस सभापतिको आरोप


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गरेका छन् । देउवाले सरकारको स्वेच्छाचारीता बढ्दै गएको आरोप लगाए ।

शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले नेपाली सेना तथा संवैधानिक निकायमाथि सरकारले आफ्नो वर्चश्व कायम गर्दै कमजोर बनाउने काम गर्न खोजेको दावी गरे । उनले सरकाको यस्तो कामका विरुद्ध एकढिक्का हुन कांग्रेस कार्यकर्तालाई निर्देशन समेत दिए ।

सरकारका गतिविधि विरुद्ध उत्रिन र प्रजातन्त्रको संरक्षण र सम्वद्र्धनका लागि पार्टी आन्तरिक रुपमा नै शसक्त र एकढिक्का हुनुपर्ने देउवाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement