प्रदेश २ मा पाँच दिन सार्वजनिक बिदा, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय


 काठमाडौंः सरकारले प्रदेश नम्बर २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि त्यहाँका आठ जिल्लामा पाँच दिन सार्वजनिक बिदाको निर्णय गरेको छ।

 

 

मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचनका लागि प्रदेश २ मा भदौ ३० देखि असोज ३ गतेसम्म बिदा दिने निर्णय गरेको हो। निर्वाचनका लागि विदाको निर्णय गरिएको बैठकपछि नेपाल सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।

 

यसैगरी, मन्त्रिपरिषद् बैठकले भूकम्पपछिको पुनःनिर्माणका लागि दाताहरुको संयुक्त कोषमार्फत विश्व बैंकले दिने एक अर्ब पाँच करोड अनुदान सहयोग स्वीकार गर्ने र राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने पनि निर्णय गरेको छ।

 

 

विदेशमा रहेका नेपाली नागरिकका नेपाली नागरिकता लिई नसकेका सन्ततिलाई बढीमा चार वर्षका लागि नेपाली राहदानी जारी गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यसमितिका अध्यक्षमा नरेन्द्रराज बस्नेत र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेको छ।

 

संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा जाने भ्रमण दललाई पनि बैठकले स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement