देउवाले मतदान गरेको रुवाखोलामै कांग्रेस पराजित


काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेको वडामा नै कांग्रेस पराजित भएको छ ।

डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा स्थानीय तहको निर्वाचन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै कांग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् ।

भण्डारीले ६७३ मत पाएका छन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत ल्याए । डडेल्धुरामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट रुष्ट बनेको कर्ण मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement