काठमाण्डु – नेपाली कांग्रेस देउबा पक्षको सुदूरपश्चिम स्तरीय भेला धनगढीमा सुरु भएको छ ।
प्रदेश समितिको आयोजनामा भएको भेलामा पूर्व केन्द्रीय सदस्य एनपी साउद प्रमुख अतिथि छन् । भेलाको अध्यक्षता प्रदेश सभापति वीरबहादुर बलायरले गरिरहेका छन् ।
भेलामा संस्थापन पक्षका कोही पनि नेता सहभागी छैनन्। भेलामा पूर्व केन्द्रीय सदस्य रमेश लेखक, मोहन बस्नेत, कुन्दन काफ्लेलगायत सुदूरपश्चिम प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने देउवा समूहका सम्पूर्ण नेताहरुको उपस्थिति छ ।
भेलामा जनप्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री कमल कमल शाह, मन्त्रीहरु लगायत प्रदेश भरका नेता तथा कार्यक्रताको उपस्थिति छ ।
देउवा पक्षधरले भेलालाई शक्ति प्रदर्शनकै रूपमा लिएको छ ।
यसअघि सभापति गगन थापालगायतका नेताहरूको उपस्थितिमा प्रदेश भेला आयोजना गरिएको थियो । सोही भेलाको काउन्टरमा अहिले देउवा समर्थकहरूले भेला आयोजना गरेका हुन् ।




प्रतिक्रिया