काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुरको रिटमा पेसी तोकिएको छ।
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको रिटमा बिहीबारका लागि पेसी तोकिएको हो ।
गगन थापा नेतृत्वको कार्य समितिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको अवस्थामा देउवा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
उनीहरू दुबैले वारेसमार्फत् अलगअलग रिट दर्ता गराएका हुन् । देउवाको तर्फबाट गत शुक्रबार वारेसमार्फत रिट पुगेको थियो भने खड्काको तर्फबाट सोमबार वारेसमार्फत पूरक निवदेन परेको हो ।
कांग्रेसको केन्द्रीय समितिले १६ देखि १९ असोजमा १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ ।




प्रतिक्रिया