काठमाण्डु – नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग सवालजवाफ गरेका छन् । खड्काले सभापति देउवा र लेखकसँग पार्टीका छुट्टाछुट्टै बैठकमा सवालजवाफ गरेका हुन् ।
लेखकसँग ३ माघमा देउवा निवास बुढानीलकण्ठमा भएको संसदीय दल कार्यसमिति बैठकमा सवालजवाफ गरेका खड्काले सभापति देउवासँग आइतबार नयाँ वानेश्वरमा भएको संसदीय दल बैठकसमा सवालजवाफ गरेका हुन् ।
लेखकसँग सुरक्षा व्यवस्थाका सम्बन्धमा र देउवासँग दलको बैठकमा आफू बोलेर अरुका कुरा नसुनी हिड्नेबारे भनाभन भएको हो ।
लेखकसँग सभापति देउवाकै अगाडि खड्काको भनाभन भएको हो । ऊर्जामन्त्री खड्काले आफूमाथि मन्त्रालयमै हातपात भएको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएपछि लेखकसँग भनाभन भएको थियो ।
मन्त्री सहितको संसदीय दल कार्यसमितिको बैठकमा खड्काले आफूमाथि मन्त्रालयमै हातपात भएको बताएपछि त्यसको जवाफ गृहमन्त्री लेखकले दिँदा भनाभन भएको थियो ।
मन्त्रालयको सिडीमै हातपातको प्रयास हुँदा पनि सुरक्षाकर्मी समयमै नपुगेको बताएपछि आफूमाथि हातपात हुँदासम्म पनि किन समयमा जानकारी नदिएको भनेका थिए । आफ्नै पार्टीको गृहमन्त्री हुँदा पनि ‘मलाई समयमै किन भन्नुभएन त ? भन्ने प्रश्न लेखकले गरेपछि उर्जामन्त्रीले भन्न आवश्यक नठानेको बताएका थिए ।
पार्टीकै मन्त्रीबीच भनाभनको अवस्था आएपछि सभापति देउवाले सबैलाई समन्वयमा काम गर्न र झगडा नगर्न पनि निर्देशन दिएका थिए ।
फेरि तिनै मन्त्री खड्का सभापति देउवासँग आफै सवालजवाफमा उत्रिएका छन् । कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवा र ऊर्जामन्त्री खड्काबीच सामान्य सवाल–जवाफ भयो । संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आइतबारको बैठकमा आफूले बोलेर हिँड्ने भन्दै मन्त्री खड्काले समय मागेपछि देउवाले मन्त्री पनि बन्ने अनि समय पनि नदिने भन्दै जवाफ फर्काएका थिए ।
बैठकमा सहभागी एक सांसदले मन्त्री खड्काले आफू सोमबार बैठकमा आउन नभ्याउने भन्दै आइतबार नै बोल्ने समय मागेका थिए । सभापति देउवाले हाँस्दै मन्त्री पनि बन्ने समय पनि नदिने भन्दै भोलि सबै जना समयमा उपस्थित हुन निर्देशन दिएका थिए ।
प्रतिक्रिया