काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बधाई दिनेको लर्को लागेको छ । सोमबार सर्वोच्च अदालतले सभापति देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै देउवा निवास बुढानिलकण्डमा बधाई दिनेको ओइरो लागेको हो ।
जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले करिब एक महिनाको सुनुवाईपछि सोमबार फैसला सुनाएका हुन् ।
प्रतिक्रिया