काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शिक्षामन्त्री रघुजी पन्त कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्।
संसदमा शिक्षा विधेयक पेश गर्ने सम्बन्धमा सहमति नभएर रोकिएपछि त्यसबारे छलफल गर्न शिक्षामन्त्री पन्त कांग्रेस पार्टी कार्यालय पुगे हुन् ।
विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त र समिति सभापति थापा दौडधुपमा उत्रिएका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरू र शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिबिच असार १५ गते भित्र शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरिएको थियो । तर विधेयक प्रतिनिधि सभाबाट पारित हुन सकेको छैन ।
यता शिक्षा विधेयक अगाडि नबढेको भन्दै नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ ।
सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असार १५ गते पारित गर्ने सहमति भएको विधेयक अगाडि नबढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया