काठमाण्डु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेट भएको छ ।
समसामयिक राजनीतिकका विषयमा छलफल गर्न शर्मा शुक्रबार देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।
देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएकोे शर्माले बताए ।
यता मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको थालनीको क्रममा देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले शुक्रबान बिहान देउवालाई फोन गरेका थिए ।
त्यसलगत्तै शर्मा देउवालाई भेट्न पुगेका हुन्।
प्रतिक्रिया