काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी तीव्र बनाउँदै ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
डा. कोइरालाले आयोजक समितिको संयोजकका रूपमा हस्ताक्षर गरी ७७ जिल्लामध्ये ७६ जिल्लाका लागि केन्द्रीय प्रतिनिधि तोकेका हुन्। रुकुम पश्चिममा भने प्रतिनिधि तोकिएको छैन।
प्रदेशअनुसार तोकिएका केन्द्रीय प्रतिनिधिहरू यसप्रकार छन् :
कोशी प्रदेश
ताप्लेजुङ– प्रताप प्रकाश हङ्गाम
पाँचथर– सूर्यकुमार दाहाल
इलाम– सुजाता परियार
झापा – कृष्ण हुमागाईं
संखुवासभा – दीपक खड्का
तेह्रथुम –केशव ढुंगाना
भोजपुर –उत्तम चापागाईं
धनकुटा –कमोट फागु
मोरङ –केदार कार्की
सुनसरी –लक्ष्मी खतिवडा
सोलुखुम्बु –सुभराम बस्नेत
खोटाङ –सरस्वती बजिमय
ओखलढुंगा –गोमा केसी
उदयपुर –नारायणबहादुर कार्की
मधेस प्रदेश
सप्तरी –मञ्जु यादव
सिरहा –सन्तोष चौधरी
धनुषा –हरेशप्रसाद महतो
महोत्तरी –उषा राउत
सर्लाही –सपुत कार्की
रौतहट –मो. मोख्तार अहमद
बारा –रमेशकुमार निरौला
पर्सा –सुरेन्द्र न्यौपाने
बागमती प्रदेश
दोलखा –कुन्दनराज काफ्ले
रामेछाप –पूर्णमान तामाङ (कान्छाराम)
सिन्धुली –सरोजकुमार थापा
रसुवा –बालचन्द्र शर्मा
धादिङ –धर्मराज अर्याल
नुवाकोट –ध्रुव अधिकारी
सिन्धुपाल्चोक –मोहनबहादुर बस्नेत
काभ्रे –शिवप्रसाद हुमागाईं
चितवन –कञ्चनचन्द्र वादे
मकवानपुर –मदनबहादुर अमात्य
भक्तपुर –दयामान कर्माचार्य
ललितपुर –मदनबहादुर अमात्य
काठमाण्डु –कल्याणी रिजाल
गण्डकी प्रदेश
गोरखा –नवराज गुरुङ
लमजुङ –पुष्प पराजुली
तनहुँ –मणिभद्र शर्मा
कास्की –शंकर भण्डारी
मनाङ –सीता देवकोटा
मुस्ताङ –किरण पौडेल
पर्वत –पोषनाथ शर्मा
स्याङ्जा –प्रा.डा. राजेन्द्रराज वाग्ले
म्याग्दी –ऋषी काफ्ले
बागलुङ –जीत शेरचन
नवलपुर –गुरु बराल
लुम्बिनी प्रदेश
नवलपरासी पश्चिम –विकास घिमिरे
रुपन्देही –गुणाकर भुर्तेल
कपिलवस्तु –राजेश सिंह
पाल्पा –माधव नेपाल
अर्घाखाँची –बाबुराम पौडेल
गुल्मी – वेदबहादुर थापा
रुकुम पूर्व –दत्तबहादुर बस्नेत
रोल्पा –मानबहादुर खत्री
प्यूठान –ईश्वर सिंह विष्ट
दाङ –गोपालराज शर्मा
बाँके –सुदीप नरसिंह राणा
बर्दिया –जग्गा पाण्डे
कर्णाली प्रदेश
सल्यान –दीपक चन्द
डोल्पा –भैरवबहादुर शाही
जुम्ला –दीपेन्द्र हमाल
मुगु –तिलकबहादुर मल्ल
हुम्ला –बखतबहादुर शाही
कालिकोट –दमनबहादुर शाही
जाजरकोट –ज्ञानबहादुर शाही
दैलेख – एकेन्द्रबहादुर पन्त
सुर्खेत – महेन्द्र शाही
रुकुम पश्चिम –प्रतिनिधि तोकिएको छैन
सुदूरपश्चिम प्रदेश
बाजुरा –हर्कजंगबहादुर सिंह
बझाङ –सीताराम जोशी
डोटी –अर्जुन तामाकार
अछाम –कविराज पण्डित
दार्चुला –सन्तोष ऐतवाल
बैतडी –चित्तामणि भट्ट
डडेलधुरा –टेकबहादुर रैका
कञ्चनपुर – प्रदीप देउवा
कैलाली –देवराज जोशी
यससँगै देउवा समूहले जिल्ला तहमा संगठनात्मक तयारी अघि बढाउँदै समानान्तर महाधिवेशनका लागि आवश्यक संरचना निर्माणको प्रक्रिया अघि सारेको छ।
असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिकाअनुसार जिल्ला प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा अधिवेशन तयारी तथा समन्वयको काम गर्ने बताइएको छ।




प्रतिक्रिया