सभापति देउवासँग शेखर-गगन समूहको माग: ८ मध्ये ३ मन्त्रालय चाहिँयो


काठमाण्डु- नेपाली काग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये इतर पक्षले ३ मन्त्रालय पाउनु पर्ने माग गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि डा.शेखर कोइराला र गगन थापा समूहको छुट्टै छलफल भएको थियो । उक्त छलफलमा ८ मन्त्रालयमध्ये आफूहरुले ३ मन्त्रालय पाउनु पर्ने अडान शेखर सहमुहले राखेका हुन् ।

नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

बुधबार बसेको गठबन्धन बैठकले कांग्रेसलाई आठवटा मन्त्रालय दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement