देउवा अस्वस्थ्य, उपचारका लागि सिंगापुर उडे


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् ।

खाना अपच हुनेजस्ता समस्या दोहोरिएपछि चिकित्सकहरुको सल्लाहअनुसार  नै देउवा फलोअप उपचारका लागि सिंगापुर उडेका हुन् ।

देउवाले लामो समयदेखि पेटको समस्या खेप्दै आएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा पेटको उपचार गराउनेछन् । देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम छ । देउवासँग पत्नि आरजु राणा पनि गएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement