देउवाविरुद्ध खनिए शेखर कोइराला : प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर


चितवन – नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको भन्दै पार्टी नेतृत्वप्रति गुनासो पोखेका छन् ।

सोमबार पत्राकरसंग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष दल बलियो हुनुपर्ने बताए । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचार लगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताए ।

उनले भने, “नेपाली काङ्ग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।” उनले संसदीय दल कमजोर बनेको समेत बताए । अर्काे एक प्रसङ्गमा उनले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको बताए । नेपाल विद्यार्थी सङ्घको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement