देव आनन्दलाई देखेपछि छतबाट हामफाल्थे महिला, कालोकोट लगाउन थियो प्रतिबन्ध


नयाँ दिल्ली – देव आनन्द आफ्नो समयका सुपरस्टार थिए भन्ने विषयमा कुनै दुईमत छैन । उनी कलाकार मात्रै होइन स्टार पनि थिए । यति मात्रै होइन कि महिलाहरु उनको एक झलक हेर्नका लागि ब्याक्कुल हुने गर्थे ।

यद्यपि देव आनन्दको सुपरस्टारडम लामो समयसम्म चलेन । तर, यो छोटो अवधिमा मानिसले उनलाई जुन किसिमले मन पराए त्यो एक किसिमको पागलपन जस्तै थियो । आज अर्थात ३ डिसेम्बरमा देव आनन्दको पुण्यतिथि हो । यसै अवसरमा जानौ उनको बारेमा केही ।

देव आनन्द एक अभिनेता, निर्देशक, निर्माता पनि रहेका थिए । सबैभन्दा महत्वपूर्ण कुरा यो थियोकि उनमा आफ्नो समय भन्दा पनि परको कुरा सोच्ने क्षमता थियो । देव आनन्दको पहिलो फिल्म १९४६ मा आएको हम एक हे थियो ।

उनको अचम्मको शैली, कालो प्यान्ट सर्टको उनको लगाइले केटीहरुलाई बेहोसनैै पार्ने गरेको थियो. । उनलाईनै हेरेर उक्त समयमा सेतो सर्ट र कालो कोट लगाउने ट्रेन्डनै बनेको थियो । तर यसपछि सार्वजनिक स्थलमा उनलाई कालो कोट लगाउननै प्रतिबन्ध लगाउनु पर्ने अवस्था आएको थियो ।

कति केटीलेत उनका लागि आफ्नो ज्याननै गुमाएका थिए । भनिएको छ कि एउटा फिल्ममा उनलाई कालो रङको कोट लगाउननै प्रतिबन्ध लगाइएको थियो । किनकी कालो कोटमा उनी यती सुन्दर देखिन्थे कि महिला उनलाई देखेर छतबाट हामाफाल्न सक्दथे । उनले यो विषयमा मीडियासँग पनि स्वीकार गरेका थिए ।

सिनेमाका यी सुपरस्टारका यती फ्यान थिएकि थियटर पनि हाउसफूल हुने गरेको थियो । मानिस घाममा घन्टौ कुरेर पनि उनको फिल्म हेर्नका लागि टिकटको लाइन बस्ने गर्दथे । देवका फिल्म जोनी मेरा नाम रिलिज भएपछि पहिलो दिनको पहिलो शोमै ठूलो भीड लागेको थियो । अनु कपुरका अनुसार उक्त समयमा जमशेदपुरको एक सिनेमाघरबो बाहिर फिल्मको टिकटका लागि गोली समेत चेलको थियो ।

उक्त घटनमा दुई विद्यार्थीको मृत्यू समेत भएको थियो । या घटनापछि एक साताका लागि नटराज टकिज बन्द समेत गरिएको थियो । आफ्नो समयमा यो किसिमबाट मानिसको दिल दिमागमा बस्दथे देव आनन्द ।

प्रतिक्रिया दिनुहोस
Advertisement