नेपाली भुमि फिर्ता गर्न अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छः देव गुरुङ


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद देव गुरुङले नेपालको भूमि अतिक्रमणको विषयमा अन्तर्राष्ट्रिय अदालत जान सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गुरुङले नेपालको जमिन फिर्ताका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

सांसद गुरुङले भने, ‘नेपाल सरकारले सो जमिन फिर्ताका लागि अविलम्ब कूटनीतिक पहल गर्न पनि उनले आग्रह गरे । यो मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने हो कि भन्ने कुरा म नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

उनले भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको घोषणा गरेको र केही समयअघि ३७२ वर्ग किलोमिटर भूमि अतिक्रमण गरेर नक्सा नक्सा प्रकाशित गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘कालापानीमा भारतले सेना तैनाथ गरेको छ भारतीय शासकहरुले । त्यसकारण कालापानजी, लिपुलेक, लिम्पियाधुरा लगायतका ठाउँमा भारतले गरेको अतिक्रमण गरेकोमा घोर भर्त्सना र विरोध गर्न चाहन्छु,’ सांसद गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement