राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्छः प्रधानमन्त्री ओली


चितवन- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडर शिक्षालाई अगाडि बढाउनुपर्ने बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई रामपुरमा सम्बोधन गर्दै उनले सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको उल्लेख गर्दै २००७ सालपछि देश नयाँ शिक्षातर्फ उन्मुख भएको र त्यसअघि औपनिवेशिक आवश्यकताको उपनिवेशको बासिन्दालाई कमाउन सिकाउने खालको शिक्षा रहेको दावी गरे ।

नेपाल कृषि प्रधान देश रहेको र दुई तिहाइ जनसंख्या कृषिमा आधारित भएर पनि खाद्यान्न आयात गर्नु पर्ने अवस्था रहेको बताउँदै उनले अन्न नपुगेरभन्दा पनि खाने बानीको समस्याका कारण अभाव भएको बताए ।

प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व अहिलेको भन्दा चार गुणा बढी बढाउनुपर्नेमा जोड दिदैं यसका लागि प्रविधि र अनुसन्धानको विकास गरेर खाद्यान्नको परिपूर्ति गर्नुपर्ने आवश्यकता रहेकाे चर्चा गर ।

प्रतिक्रिया दिनुहोस
Advertisement