अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ : मन्त्री दाहाल

अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ : मन्त्री दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्न सक्ने कानून भए पनि अख्तियारले पत्र काटेर दुःख दिँदा समस्या भएको बताएका छन् ।

मंगलबार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले खराब नियत भएका मान्छेहरूका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताए ।

उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ । कानून नभएको होइन । कानूनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ । ७ दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ । तर यस्ता कामहरू गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ ।’

उनले अगाडि प्रस्ट पार्दै भने, ‘यसमा २ वटा कुरा छन् । एउटा भनेको नियत नै खराब हुन्छ, अर्को भनेको नियत सफा भएर कामहरू गर्दा पनि प्रश्नहरू उठाउने गरिन्छ । यस्ता खालका समस्याहरूले काम गर्न समस्या भइरहेको छ ।’

अलपत्र परेका पूर्वाधारबारे बोल्दै उनले जुन सरकार आए पनि योजना बनाई बजेट माग गरी अर्काे सालमा छाड्ने प्रवृति भएको बताए । उनले नयाँलाई प्रस्ताव नगरी अघिल्लो योजनालाई सम्पन्न गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढी पहिरो आउने सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल निर्माणको कार्य अगाडि बढाइने बताए । गत वर्षको बाढीको क्षतिबाट पाठ सिक्दै समयमा नै नदी वा खोलाहरूलाई व्यवस्थित गर्नुपर्ने उनको धारणा छ ।