स्पेनका मिडफिल्डर डेभिड सिल्भाले सन्यास लिए


एजेन्सी – स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्।
३२ वर्षिया उनले सन् २०१० को विश्वकपसँगै २००८ र २०१२ को युरोपियन च्याम्पियन्ससिपको उपाधि जितेका थिए। उनीसहितको सो पुस्तालार्इ स्पेनको सुनौलो पुस्ता मानिन्थ्यो।

तीनवटै ठूला उपाधिका क्रममा महत्वपूर्ण भूमिका खेलेपछि स्पेनका पूर्व प्रशिक्षक भिसेन्ट डेल बास्क्यूले उनलार्इ स्पेनका ‘लियोनल मेस्सी’ भन्ने गरेका थिए।

सन् २००६ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले १ सय २५ खेल खेल्दै ३५ गोल समेत गरेका छन्।

सन्यास घोषणालाई आफ्नो खेल जीवनको सबैभन्दा कठिन क्षण भएको भन्दै उनले स्पेनबाट हात पारेको उपलब्धिहरुमा आफूलाई सर्वाधिक गर्व भएको बताए।

‘टिमसँग बसेको र सपना देखेको मलाई सधैँ याद रहिरहेछ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आफ्ना अनुभवहरु यहाँ सीमित वाक्यहरुमा बयान गर्न असम्भव छ।’

रुस विश्वकपमा भने उनीसहितको स्पेनी टोली अन्तिम १६ मा आयोजक रुससँग पराजित हुँदै बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement