डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने, काठमान्डु गोर्खाजले गर्‍याे अनुबन्ध

डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने, काठमान्डु गोर्खाजले गर्‍याे अनुबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।

उनले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने भएका हुन् ।

गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरेको जनाएको छ ।

३९ वर्षीय वार्नर एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन्।

उनले अस्ट्रेलियाबाट दुई ओडीआई विश्वकप, एक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितिसकेका छन्।

टी–२० अन्तर्राष्ट्रियमा उनले ११० खेलबाट एक शतकसहित ३ हजार २०० भन्दा बढी रन बनाएका छन्।