काठमाण्डु – सभामुख देवराज घिमिरेले संघीय संसद्लाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
सोमबार संघीय संसद् सचिवालयले आयोजना गरेको संसद् सेवाको प्रभावकारिता सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संसद्लाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताए ।
संसद्लाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने भन्दै उनले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेका छन् ।
‘एउटा कुरा निश्चय पनि सर्वोच्च विधायकी संस्था हो संसद् । मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रूपमा छ कि छैन अहिले ? यसलाई सर्वोच्च रूपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ । छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ ? यो बहस अन्तर्क्रियाको सुरुआत हो । यसको निष्कर्षमा पुर्याउन सबैको जिम्मेवारी आ–आफ्नो ठाउँमा छ,’ उनले भने ।




प्रतिक्रिया