काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा देवराज चालिसेले उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएका छन्।
बुधबार अपराह्न चालिसेले उम्मेदवारी फिर्ता लिएका हुन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले चालिसेले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका छन् ।
चालिसे कांग्रेसका प्रवक्ता हुन्।
यसअघि सभापतिका उम्मेदवार किशोरसिंह राठौरले पनि उम्मेदवारी फिर्ता लिएका थिए।



प्रतिक्रिया