देउवा समूहको भेला सुरु, शशाङ्क र सुजाता पनि पुगे

देउवा समूहको भेला सुरु, शशाङ्क र सुजाता पनि पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला सुरु भएको छ । अहिले महाराजगन्जस्थित स्मार्ट होटलमा बैठक जारी रहेको छ ।

बैठकमा पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सुजाता कोइराला पनि सहभागी भएका छन् ।

पूर्णबहादुर खड्काको संयोजनमा भएको भेलामा पूर्वउपसभापतिहरू विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, उमाकान्त चौधरीसहितका नेताहरू सहभागी छन् ।

पूर्णबहादुर खड्काले आजै संसदीय दलको नेता चयन भएका भीष्मराज आङ्देम्बेलाई भेटेरै बधाई तथा शुभकामना दिएका थिए ।