डीएफ–१७ चीनको एक मात्र हाइपरसोनिक मिसाइल नभएको खुलासा


बेइजिङ – अक्टोबर १ मा राष्ट्रिय दिवसको अवसरको परेडमा देखाइएको डीएफ–१६ चीनको एक मात्र हाइपरसोनिक मिसाइल नभएको राज्य स्वामित्वका मीडियाले उल्लेख गरेका छन् । सम्बन्धित प्रविधिमा चीन अमेरिका र रुससँग पछि नपर्ने विश्लेषकहरुले बताएका छन् ।

‘परिक्षणको सम्बन्धमा मात्रै यी सार्वजनिक रुपमा प्रस्तुत गरिएका हुन् । सिङकङ–२ ले पनि डीएफ–१७ को विभिन्न लडाइ ढाँचा प्रस्तुत गर्न सक्छ,’ सैन्य विज्ञ मा जुनले मिलिटरी टाइमलाइ बताए । यद्यपि यसको विस्तृत जानकारी भने उनले दिएनन् ।

सिङकङ–२ अझै परिक्षणकै क्रममा रहेको र थप परिक्षण गर्न बाँकि रहेको माले बताए । चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरसनको मातहतमा चाइना एकेडेमी अफ एरोस्पस एरोडाइनामिक्सले डिजाइन गरेको सिङकङ–२ पनि २०१८ को अगस्टमा उत्तरपश्चिम चीनमा लक्षित दुरीमा सफलतापूर्वक परिक्षण गरिएको थियो ।

डीएफ–१७ मिसाइल यसै वर्षको नेशनल डेमा पहिलो पटक देखाइएको थियो । केहीले यसलाई सिङकङ–२ परियोजनाको अन्तिम उत्पादन भएको सोच्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement