धादिङको गल्छीमा जीप दुर्घटना, ४ जनाको मृत्यु


धादिङ – धादिङको गल्छी गाउँपालिका–६ बाँझागाउँमा शुक्रबार जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

कार्कीडाँडाबाट बैरेनी आउँदै गरेको बा१६च ९४०८ नम्बरको जीपमा सवार १४ जनामध्ये ४ जनाको घटनास्थलमै मृत्यु विल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मृत्यु हुनेमा गल्छी गाउँपालिका–४ कार्कीडाँडाका ३८ वर्षीय राजु रम्तेल, सोही गाउँ बस्ने ३२ वर्षीय सेतु मिजार, गल्छी–६ बाझगाउँका ३० वर्षीय कान्छी भुजेल, गल्छी–६ बाझगाउँकै २५ वर्षीय नानु तामाङ र रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement