धादिङ केन्द्र भएर फेरि भूकम्पको धक्का


काठमाडौं – धादिङ केन्द्रविन्दु भएर बुधबार दिउंसो पुन भूकम्पको धक्का महसुस गरिएको छ । बिहान दुई र दिउँसो एकपटक काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार दिउँसो ३ बजेर ५ मिनेटमा धादिङको नौबीसे केन्द्रविन्दु भएर ३.९ म्याग्निच्यूडको कम्पन मापन भएको जनाएको छ । यो नयाँ भूकम्प नभइ विनाशकारी ‘गोरखा भूकम्प’कै पराकम्पन भएको केन्द्रले जनाएको छ ।योसहित बुधबार एकै दिन भूकम्पका तीनओटा धक्का महसुस गरिएको छ ।

यसअघि, बुधबारै बिहान ६ बजेर २९ मिनेटमा नौबीसे आसपास नै केन्द्रविन्दु भएको ५.२ म्याग्निच्यूडको पराकम्पन मापन गरिएको थियो ।यस्तै, बुधबारै बिहान ६ बजेर ४० मिनेटमा पुनः नौबीसे आसपास नै केन्द्रविन्दु भएको ४.३ म्यानिच्यूडको कम्पन मापन गरिएको थियो । विनाशकारी गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडदेखिमाथिका ५२० ओटा पराकम्पन मापन भइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement