नेकपा प्रमुख सचेतक ढकालको घरमा मध्यरातमा पेट्रोल बम प्रहार


बुटवल – नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक भुमीश्वर ढकालको घरमा मध्यरातमा बम प्रहर भएको छ ।रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा घरमा शुक्रबार विहान २ बजेर ४० मिनेटमा ५ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ।

dish home

पाँच बम मध्ये २ वटा बम नपड्किएको प्रहरीले जनाएको छ। सचेतक ढकाल बिरामी भएर काठमाडौंको अस्पतालमा उपचार गराइरहेका छन्। उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ।

बम प्रहार हुँदा घरमा ढकालका आमा बाबु मात्रै घरमा रहेको प्रहरीले जनाएको छ। प्रहरी घटनास्थलमा पुगेर छानबीन थालेको छ। सरकारद्वारा प्रतिबन्धित विप्लव माओवादीले बम हानेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस