काठमाण्डु– बाढीपहिरोका कारण जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएपछि डोल्पावासीको दैनिक आवतजावतदेखि अत्यावश्यक सेवासम्म प्रभावित भएको भन्दै नेकपा सांसद् धनबहादुर बुढाले तत्काल सडक सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको सून्य समयमा बोल्दै सांसद बुढाले भेरी करिडोर डोल्पाका नागरिकका लागि सामान्य सडक मात्र नभई जिल्लाको मुख्य जीवनरेखा भएको बताए । सडक बन्द हुँदा डोल्पाको बाहिरी जिल्लासँगको सम्पर्क नै प्रभावित भएको उनको भनाइ थियो ।
उनले जाजरकोटमा गएको बाढीपहिरोका कारण जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी गराउँदै सरकारले ढिलाइ नगरी अवरोध हटाउन आवश्यक पहल गर्नुपर्ने बताए ।
‘जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यो सडक डोल्पावासीको जीवनरेखा हो । हाम्रो जीवनरेखा नै बन्द भयो,’ बुढाले भने ।
उनले सडक अवरुद्ध हुँदा डोल्पावासीले भोगिरहेको कठिनाइलाई गम्भीर रूपमा लिएर तत्काल यातायात सञ्चालन हुने वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।




प्रतिक्रिया