काँग्रेस उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनाबाट जोगियो


काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना जोगिएको छ ।

रामेछापकाे गोगनेमा आज बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो गाडी अनियन्त्रित भइ सडक किनारबाट थोरै तल झरेको हो ।

ढुंगाको आड लागेर गाडी रोकिएकाले ठूलो दुर्घटनाबाट जोगिएको र आफू सकुशल रहेको उपसभापति गुरुङले जानकारी दिए ।

गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।गाडीमा सवार सबै जना सकुशल रहेको भन्दै डोजर र ट्याक्टरको सहायताले गाडी निकाल्न लागिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement