काठमाण्डु– यसवर्ष असार १५ सम्म देशभर २० प्रतिशत भन्दा धेरै धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।
मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा बर्षे धान खेती हुने गरेकोमा हालसम्म जम्मा २ लाख ८१ हजार ८०४ हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।
गतवर्षको तुलनामा भने यसवर्ष हाल सम्म १ प्रतिशत रोपाइँ कम भएको छ । गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत धान रोपाइँ सकिएको थियो ।
प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हाल सम्म ४९.२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष यस अवधि सम्म सूदूरपश्चिममा ५४.२ प्रतिशत धान रोपाइँ सकिएको थियो । सूदूरपश्चिममा कुल १ लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हाल सम्म ८६ हजार ६०१ हेक्टरमा रोपाइँ सकिएको हो ।
कर्णाली प्रदेशमा हाल सम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ ।
प्रतिक्रिया