यसरी मनाइयो धान दिवस (तस्वीरमा हेर्नुस्)


काठमाण्डु – ‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला, लगाइ पानी बनाइ कुलो आएर गोडौला,’ यो गीतमा भनेझैँ किसान छुपुमा छुपु गरेर खेतमा धान रोप्न व्यस्त छन् ।

नेपाली कृषकका लागि असार १५ एउटा मौलिक पर्व नै हो । हिलोलाई छुने, दही चिउरा खाने दिनको छुट्टै महत्व रहेको छ । यसपालि देशभरका किसानले उन्नाइसौँ धान दिवस मलबिनाको रोपाइँ गरेर मनाउँदैछन् । सोही अवसरमा कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement