पर्यटन बोर्डको सिइओमा धनन्जय रेग्मी नियुक्त


काठमाडौं – पर्यटन बोर्डको संचालक समिति बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा धनन्जय रेग्मी नियुक्त भएका छन् । म‌ंगलबार बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव केदरबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेग्‍मीलाई नियुक्ति गरेको हो ।

बोर्डले संचालक समितिमा पठाएको सूचीमा धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर रहेकोमा रेग्मीलाई नियुक्त गरिएको हो ।

निवर्तमान दीपकराज जोशीको कार्याकाल सकिएपछि गत मङ्सिर १८ गते विज्ञापन खुलाइएको थियो । विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए । रेग्मी नेपालको हिमाली भू(वैज्ञानिक र हिमनदी विज्ञका रुपमा चिनिन्छन् । उनको कार्यकाल चार वर्षको रहने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement