डोल्पाबाट नेकपा एसका धनबहादुर बुढा भारी मतले विजयी


काठमाण्डु- डोल्पाबाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका नेता धनबहादुर बुढा निर्वाचित भएका छन्। नेकपा एसका नेता बुढा ११ हजार २२५ मत ल्याउँदै संसद प्रवेश गर्न सफल भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेश बहादुर शाहीले ५ हजार ४९८ मत पाए भने राप्रपाका अंगतकुमार बुढाले ६६१ मत प्राप्त गरेका छन् ।धनबहादुर एमालेका शाहीसँग ५ हजार ७२७ को मतान्तरले विजयी भएका हुन् ।

उनी दोस्रो संविधानसभा निर्वाचन २०७० सालमानेकपा एमालेबाट बहुमतले बिजयी भएका थिए । त्यस्तै संघियताको पहिलो प्रतिनिधिसभा निर्वाचन २०७४ मा नेकपा एमालेबाट देशकै सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement