अन्नपूर्ण ब्याटमिन्टन : निलिमा, मयुन र देबराज क्षेत्रीय च्याम्पियन


धनगढी– धनगढीमा भइरहेको अन्नपूर्ण कर्पोरेट ब्याटमिन्टनमा कैलालीको बर्चश्व देखिएको छ । पुरुष एकल तर्फ कैलालीका देवराज राना, महिला एकलमा कैलालीकै मोयुन तामाङ च्याम्पीयन भएका छन । यस्तै १९ वर्षमुनीको महिला एकलमा कञ्चनपुरकी निलिमा महरा क्षेत्रीय च्याम्पीयन भएका हुन् ।

धनगढीको रंगशालामा भइरहेको प्रदेश स्तरीय अन्नपूर्ण कर्पोरेट ब्याटमिन्टनमा कैलालीकै जेबी साउँदलाई २१–१६ र २१–११ को सोझो सेटमा परजित गर्दै देबराज राना च्याम्पीयन भएका हुन । जेबी साउँद दोस्रो भए भने कैलालीकै योगेश खडका र रोसन साउँद तेस्रो भएका छन ।
महिला एकल तर्फ कैलालीकै विमला ओझालाई १६–२१, २१–१६ र २१–११ अन्तरले पराजित गर्दै मोयुम तामाङ च्याम्पीयन बनिन । विमला दोस्रो तथा कैलालीकै हेमा ऐर र प्रियन्सी बम तेस्रो भए ।

१९ वर्षमुनीको महिला एकल तर्फ कञ्चनपुरकी निलिमा महरा च्याम्पीयन भईन । उनले कञ्चनपुरकै विस्ना विष्टलाई २१–२३, २१–१८, २१–१९ को सेटले पराजित गरिन । विस्ना दोस्रो तथा कैलालीका प्रियन्सा शर्मा र एलिना तिरुवा तेस्रो भए ।

१९ वर्ष मुनीको फाईनल र पुरुष डबल्सको फाईनल आईतबार हुने मुख्य रेफ्री उदय अर्यालले जानकारी दिए । १९ वर्षमुनी पुरुष तर्फ कैलालीका अमृत चौधरी र देबराज राना फाईनल भीडने छन ।

अमृत चौधरीले जेबी साउँदलाई १८–२१, २१–१० र २१–१४ को अन्तरले पराजित गरेर फाईनल प्रवेश गरेका हुन भने रानाले कैलालीकै योगेश खडकालाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गरेका हुन । १९ वर्षमुनीको तेस्रोमा भने कैलालीका योगेश खडका र कैलालीकै जेबी साउँद भएका छन । अमृत र देबराजको फाईनल आईतबार हुने समापन समारोहमा हुनेछ ।

प्रतियोगितामा एकदमै रोमाञ्चित रहेको पुरुष डबल्स तर्फ डिफेन्डीङ च्याप्पीन मध्येका एक जना प्रकाश चन्द र सुरेन्द्र कार्कीको जोडीलाई सुरेश बम र केशब भट्टको जोडीले २१–१८, २१–१९ अन्तरले पराजित गरी फाईनलको यात्रा तय गरेको छ । गत वर्षको पुरुष डबल्समा प्रकाश चन्द र राजेन्द्रबहादुर बमको जोडी क्षेत्रीय च्याम्पीयन भएको थियो । यसपाली चन्दको जोडी टुटेपछि उनले हार ब्यहोरेका हुन ।

यस्तै पुरुष डबल्सको सेमीफाईनलमै शैलेन्द्र श्रेष्ठ र डिफेन्डीङ च्याम्पीयन मध्येका एक राजेन्द्रबहादुर बमको जोडीले केशबबहादुर बडुवाल र हिक्मत गुरुङको जोडिलाई २१–१०, २१–१५ को अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ ।

मुख्य रेफ्री उदय अर्यालले आईतबार हुने समापन समारोहमा पुरुष डबल्समा शैलेन्द्र श्रेष्ठ र राजेन्द्रबहादुर बम तथा सुरेश बम र केशब भट्टको जोडी फाईनल खेल्ने बताए ।

पुरुष डबल्समा केशवबहादुर बडुवाल र हिक्मत गुरुङ तथा सुरेन्द्र कार्की र प्रकाश चन्दको जोडी तेस्रो भएका छन ।

प्रतिक्रिया दिनुहोस
Advertisement