काठमाण्डु – सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सोमबार भारी वर्षा भएको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरालगायतका जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको हो ।
आइतबार बिहानदेखि भइरहेको वर्षाले तराईका जिल्लामा डुबान र पहाडमा पहिरोको जोखिम बढेको छ । मोहना नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।
निरन्तरको वर्षासँगै सुदूरपश्चिमको राजधानी धनगढी जलमग्न भएको छ । धनगढीको मुख्य सडक लगायतको क्षेत्र जलमग्न भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै तथा बाँकी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।



प्रतिक्रिया