धनगढीका आक्रामक रुपमा घरदैलो गर्दै वाम गठबन्धन


धनगढी– कैलाली क्षेत्र नम्बर ५ मा बामगठबन्धनका उम्मेदवारले घर दैलो अभियान तिब्र बनाएका छन्।

 

 

वामगठबन्धका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार नारदमुनि राना, प्रदेशसभा २ का उम्मेदवार रमेश धामीले सोमबार धनगढी वडा नम्वर १, २, ४, ६, १७, १८ मा घरदैलो गरेका छन्।

 

 

 

घरदैलोका क्रममा धनगढी – २ मा सरस्वतीनगरमा आयोजित कोणसभामा वोल्दै प्रतिनीधिसभकाा उम्मेदवार नारदमुनी रानाले आफूलाई जिताए यो क्षेत्रको विकासका लागि लागि पर्ने बताए। उनले यो क्षेत्रको विकासका लागि पर्यटकीय क्षेत्र, कृषि र वनलाई व्यवस्थित गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

 

 

सोही अवसरमा वोल्दै प्रदेश नम्वर २ का उम्मेदवार रमेश धामीले आफू यहाँका समस्या वारे जानकार भएको बताउदै आफू जितेमा धनगढी र सात नम्वर प्रदेश समृद्ध बनाउन पहल गर्ने बताए।

 

 

घर दैलोका क्रममा खेतीपातीको समय भएपनि मतदाताले उम्मेदवारहरुलाई राम्रो आथित्यता दिएको एमाले जिल्ला कमिटी सदस्य दीर्घ जाशी कापडीले बताए।

 

 

 

 

कैलाली –५ प्रदेशसभा १ का उम्मेदवार नेपालू चौधरीले पनि कैलारी गाउँपालिका वडा नम्वर ६, धनगढीका वडा नम्वर १५ र १८, घरदैलो गरेको बताए।

 

 

खेतीपातीको काम एकछिन रोकेर भएपनि जनताले हाम्रा प्रतिवद्धता उत्साहपूर्वक सुने उम्मेदवार चौधरीले जानकारी दिए।

 

 

 

उम्मेदवारहरुले एमाले र माओबादी मिलेर चुनाव लडेको जानकारी दिदै, आफ्ना प्रतिवद्धता सुनाउदै मतदातालाई मतदान गर्ने तरिका पनि सिकाइरहेका थिए।

 

 

 

प्रतिनीधि सभाका उम्मेदवार नारदमुनी रानाले जनताका धेरै माग सडक निर्माण र रोजगारी सम्वन्धी रहेको बताए ।

 

 

 

उनले धेरै ठाउँमा मुक्त कमैयाले जग्गा नपाएको र कतिपय ठाउँमा घर निर्माणका लागि दिने भनिएको काठ नपाएको गुनासो गरेको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
Advertisement