कैलालीको धनगढीमा १२ करोड बढीको लगानीमा ‘धनगढी फनपार्क’ सन्चालन (फोटो फिचर)


धनगढी – कैलालीको धनगढीमा १२ करोड बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।

 दुई बिगाह भन्दा बढी जग्गामा निर्माण भएको उक्त फन सिटी धनगढीका ४ जाना ब्यबसायीले संयुक्त रुपमा सन्चालनमा ल्याएका हुन । धनगढी चौराहाबाट ४ किलोमिटर दक्षिण भन्सार रोडमा रहेको फन सिटीमा अत्याधुनिक स्वीमिङ पुल , समुद्री छाला , बालबालिकाको लागी किडस पुल ,रेन डान्स ,रेष्टुरेन्ट ,आकर्षक बगैचा लगाएतका मनोरनजन का साधनहरु रहेको सन्चालक श्याम बिष्टले जानकारी दिए ।

धनगढीमा खुल्ला र सार्बजनिक बिदाका दिन परिवार सहित रमाउने ठाउँको अभाब महशुश भएपछि उक्त कार्य निर्माण गरिएको बिष्टको भनाइ रहेको छ । फन सिटीमा बयस्कहरुको लागी टिकट रु ४ सय र बालबालिकाहरुको लागी रु २ सय पचास निर्धारण गरिएको छ ।

साथै फनपार्कमा रेष्टुरेन्टको समेत व्यवस्था गरिएको छ । बाहिरबाट आउने पर्यटकलाई रमाउनका लागि आवश्यक स्थान नभएपछि फनपार्क निर्माण गरेको अर्का सञ्चालक धर्मपाल सिंह रावतले बताए । सञ्चालक रावत पार्कले आन्तरिक पर्यटकलाई सबैभन्दा बढी राहत हुने बताए।

नेपाल भारत सीमाक्षेत्र नजिकै रहेको उक्त फन पार्कको निर्माणबाट आन्तरिक पर्यटकसँगै भारतीय सीमावर्ती बजारका पर्यटक भित्रिनेसमेत अपेक्षा गरिएको छ ।  फन सिटी निर्माण भए पछी धनगढीमा आन्तरिक र भारतिय पर्यटकहरुको संख्यामा वृद्धि हुने लगानी कर्ताले विश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement