धनगढीमा शक्तिशाली बम विस्फोट, पांच जना घाइते


धनगढी – कैलालीको धनगढी -३ मा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट हुंदा ५ जना घाइते भएका हुन् ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी-५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी-४, बोराडाडीका केशवराज पाण्डे छन् ।

घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् । प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ । घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement