अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा छ : मन्त्री गुरुङ


झापा – कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब नियुक्त हुने न्यायाधीशबाट न्यायपालिकाको सुधार हुने अपेक्षा गरेका छन् ।

डेमोक्रयाटिक लयर्स एशोसियशन झापाले शनिवार चन्द्रगढीमा आयोजना गरेको कानून व्यवसायीसँगको भेटघाट कार्यक्रममा उनले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताए ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने मान्यताअनुरूप न्यायालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गरे । योग्य र सक्षम न्यायाधीश नियुक्तिका पक्षमा सरकार रहेको उनले बताए ।

न्यायिक क्षेत्रमा विगतको जस्तो कमजोरी हुन नदिन न्यायाधीश नियुक्तिमा ढिलाइ नगरिने मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement