कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु


काठमाण्डु- धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा मुखियापट्टीका ४४ वर्षीय विजय कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार मध्यराति कुकुरलाई बचाउने क्रममा ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा साह गम्भीर घाइते भएका थिए । तर, उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

घाइते भएपछि उनलाई उपचारका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, मा उपचारको क्रममा मंगलबार बिहान पौने ४ बजे उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement