धनुषामा थप दुई जनामा कोरोना संक्रमण


धनुषा – धनुषामा थप दुई जना महिलामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

यस्तै मंगलबार (हिजो) जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । धनुषामा थप दुई जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement