धरापमा सरकारी पर्खाल

धरापमा सरकारी पर्खाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल ‘धराप’ बनेको छ। २०३० सालमा निर्मित दुई सय मिटर हाराहारी पर्खाल धराप बन्दा जुनसुकै बेला भत्किएर मानवीय क्षति हुने डर देखिएको छ।

२०७२ को भूकम्पयता सो पर्खाल ठाउँठाउँमा चर्किएर सडकतिर ढल्किएको छ। चौडा र अग्लो पर्खाल जोखिमपूर्ण बनेपछि बटुवा र सवारीचालक त्रासपूर्ण यात्रा गर्न बाध्य छन्। मानिसको बाक्लो आवतजावत भइरहने ठाउँको पर्खाल धराप बन्दै जाँदा त्यसले कुनै दिन अचानक मानवीय क्षति पु¥याउन सक्ने बटुवाको भनाइ छ।

बुधबार केयुकेएलनजिकै भेटिएकी टेकुकी ममता महर्जनले दिनहुं यही बाटो प्रयोग गरेर हिँड्दा मनमा त्रास हुने गरेको बताइन्। ‘यति धेरै अग्लो पर्खाल लड्यो भने ठूलो क्षति पुग्छ,’ उनले भनिन्, ‘पर्खाल सडकतिर घोप्टिएको छ, सरकारी निकायले नै यसरी धराप थापेर बस्नु गैर–जिम्मेवारीपनाको विशिष्ट उदाहरण हो।’यो खबर आजको नागरिक दैनिकमा छ ।