बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रूपमा काम गरिरहेको छ : महासचिव बास्तोला

बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रूपमा काम गरिरहेको छ : महासचिव बास्तोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार साम्राज्यवादीको एजेण्टको रूपमा काम गर्ने सरकार रहेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाण्डुमा आयोजित ‘वर्तमान परिस्थिति र आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिलेका पार्टीहरू साम्राज्यवादीको गोटी भए पनि राजनीतिक तरिकाले आएको भएर तिनिहरूको एउटा चरित्र भएको र अहिलेको सरकारको दोहोरो चरित्र भएको बताए ।

उनले भने, ‘अहिले रास्वपाको सरकारले जसरी साम्राज्यवादीको एजेण्टको रूपमा काम गरिरहेको छ, त्यसरी नै अरु पार्टीले जितेको हुन्थ्यो भने पनि त्यो साम्राज्यवादीको दलालकै पार्टी हुन्थ्यो । पहिलेका पार्टीहरू साम्राज्यवादीको गोटी भए पनि राजनीतिक तरिकाले आएको भएर तिनिहरूको एउटा चरित्र हुन्थ्यो तर अहिलेको सरकार साम्राज्यवादीको एजेण्टको रूपमा काम गर्ने दोहोरो चरित्र भएको सरकार हो ।’

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई साम्राज्यवादी शक्तिहरूको कठपुतली सरकारको संज्ञा दिए । कठपुतली सरकारको निर्वाचनबाट जुनै पार्टीले चुनाव जितेर आएपनि त्यो साम्राज्यवादीको एजेण्ट नै बन्ने उनको भनाइ छ ।

उनले भने, ‘सुशीला कार्की नेतृत्वमा साम्राज्यवादीहरूको कठपुतली सरकार बनेको थियो । त्यो कठपुतली सरकारले गर्ने निर्वाचन भनेको कठपुतली संसद् खडा गर्ने थियो । त्यो कठपुतली सरकारको निर्वाचनबाट बनेको सरकार भनेको अमेरिकी साम्राज्यवादको दलाल नै हुन्थ्यो । कांग्रेस, एमाले, राप्रपा, नेकपा या अरु चुनावमा गएका सबै पार्टीले शतप्रतिशत नै ल्याएको भए पनि त्यो साम्राज्यवादीको एजेण्ट नै बन्ने थिए ।’