काठमाण्डु– कुमारी आमा निहारिका राजपुत र ‘घरायशी हिंसा पीडित’ बिनु यादव सिंहदरबार गेटमै धर्ना बसेका छन् ।
पास भएर पनि छिर्न नदिएको भन्दै उनीहरु गेटसँगै सडकमा धर्ना बसेका हुन् ।
गृह मन्त्रालयमा गएर आफ्ना समस्या राख्न भन्दै आएका उनीहरुले प्रहरीले माथिको आदेश भन्दै रोकेपछि सडकमै सुतेर विरोध गरेका हुन् ।
निहारिका १७ वर्षको उमेरमा आफूमाथि नशालु पदार्थ खुवाएर बलात्कार भएको र त्यसबाट छोरा जन्मिएपछि कुमारी आमाका रूपमा चर्चित रहेकी छिन् ।
उनको छोराको डिएनए आरोपित शिवराज श्रेष्ठसँग मिलेपछि अदालतको पहलमा उनीहरूले २०७९ माघमा जनकपुरमा विवाह गरेका थिए। जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।




प्रतिक्रिया