धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राप्रपा परित्याग गरेका धवलशमशेर राणाको नेतृत्वमा निर्वाचनज आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता भएको छ ।

राणा पक्षले शुक्रबार आयोग पुगेर ७९ सदस्यीय केन्द्रीय समितिको सूचीसहित नयाँ दल दर्ता गराएको हो । विधानमा भने ४५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

सो पार्टीका नेता सगुनसुन्दर लावतीले राणा सभापति रहने गरी दल दर्ता भएको जानकारी दिए । उनका अनुसार चुनाव चिह्नका त्रिभुज प्रस्ताव गरिएको छ ।

राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच दुई महिनाअघि राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यका लागि भन्दै नयाँ पार्टी गठन गर्ने समझदारी भएको थियो ।

प्रसाईंले आफूलाई राणाभन्दा माथिल्लो वरीयता चाहिने अडान राखेपछि पार्टीले आकार ग्रहण नगर्दै दुई समूह अलग भएको छ ।

प्रसाईं भने अलग्गै दल गठनको तयारीमा छन् ।