काठमाण्डु– नेपाल भ्रमणमा आएका भारतीय प्रधानसेनापति जनरल धीरज सेठले मंगलबार (आज) प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्दै छन् ।
नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आइतबार नेपाल भ्रमणमा आएका सेठले आज रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने भएका हुन् ।
तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएका सेठ भाेलि स्वदेश फर्किने छन् ।
प्रधानसेनापतिमा नियुक्त भएपछि सेठको यो पहिलो विदेश भ्रमण हो ।
सोमबार जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका छन् । यस्तै सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति सिग्देलसँग पनि भेटवार्ता गरि सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
नेपाल र भारतका सेना प्रमुखहरूलाई एक–अर्काको देशमा मानार्थ महारथीको दर्जा दिने लामो समयदेखिको परम्परा रहिआएको छ।




प्रतिक्रिया